कक्षा १२ को नतिजा सार्वजनिक

मुख्य खबर शुक्रबार मंसिर १७, २०७८

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गरेको छ । बोर्डले नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै बिहान ९ बजेपछि बोर्डको बैठक बोलाएको थियो ।

कक्षा १२ को परिक्षामा सामेल ३ लाख ७४ हजार ४ सय १५ मध्ये ३ दशमलब ६१ देखि ४ सम्म ल्याउने ४ सय ४५ जना रहेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

 

कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरी लिइएको परीक्षा लगिएको थियो ।

नतिजा एक घण्टापछि https://neb.ntc.net.np/ मा हेर्न सकिने अर्यालले बताए । अहिले नतिजा अपलोडको काम भइरहेको उनले जानकारी दिए । त्यस्तै एनईबी लेखेर एक स्पेस दिई सिम्बोल नम्बर लेखेर १६००मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । त्यस्तै आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

Leave a Comment