काठमाडाै । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेकै कारण संविधान संशोधन हुन नसकेकाे बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सबै जनताको समान अधिकारका लागि आफूले दुई पटक संविधान संशोधन प्रस्ताव अघि बढाएपनि एमालेका कारण सफल हुन नसकेका बताएका हुन् । उनले अहिले पनि एमालेमा गुट भएको भन्दै जनताको हक अधिकार स्थापित गर्नका लागि माओवादीलाई बलियो बनाउनुको बिकल्प नरहेको बताए ।
अध्यक्ष प्रचण्डले अब पार्टीलाई केन्द्रदेखि स्थानीय तहसम्म बलियो बनाउदै लैजाने बताउदै अहिले पार्टीको झण्डै ८ लाख क्रियाशील सदस्य पुगेको र छिटै १० लाख पुग्ने दाबी गरे ।