काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय नेतृत्व छान्न आजदेखि काठमाडौंमा महाधिवेशन सुरु हुने भएको छ। महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजेन्द्रप्रसाद लिङ्देनलाई नेतृत्वका लागि समर्थन गरेका छन्।
लोहनीले मंगलबार विशेष कार्यक्रम आयोजना गरी लिङ्देनलाई सघाउने घोषणा गरेपछि राप्रपा राजनीति तरंगित बनेको छ। लोहनीले पुराना अनुहारले पार्टी नेतृत्वका लागि बढी लोभ गर्न नहुने भन्दै नयाँ नेतृत्वलाई काम गर्ने मौका दिनुपर्ने बताएका छन्। लोहनीले अध्यक्ष कमल थापा र पशुपतिशमशेर जबरालाई पनि लिङ्देनलाई सहयोग गर्न आग्रह गरेका छन्।
महाधिवेशनमा देश तथा विदेश गरी करिब ४ हजार ५ सय ६० जना प्रतिनिधिहरू सहभागी हुने केन्द्रीय प्रचार–प्रसार विभाग प्रमुख राजेन्द्र गुरूङले जानकारी दिए।