काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठकमा प्रस्ताव पेस गरेका छन् । मुख्यमन्त्री शाहीले मङ्गलवार बसेको हिउँदे प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेका हुन् ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइ सक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । मुख्यमन्त्री शाही तीन दलीय गठबन्धनको समर्थनमा गएको कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
शाहीले भोली विश्वासको मत लिने भएका छन् । प्रमुख प्रतिपक्ष दल एमाले उपस्थित नभएकाले विश्वासको मत भोलि लिने प्रदेश सभा सचिवालयले जनाएको छ । बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको छ ।