काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा मतदानको समय थप आधा घण्टा थपिएको छ । आज बिहान ४ बजेदेखि जारी मतदान बिहान १० बजेसम्म सक्ने कार्यतालिका रहेको थियो । तर तोकिएको समयमा मतदान सम्पन्न नभएपछि निर्वाचन आयोगले थप आधा घण्टा समय थप गरेको हो ।
केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार हालसम्म १७ सय महाधिवेशन प्रतिनिधिले मत दिइसकेका छन् । १० बजेभित्र मतदान नसिकएपछि थप आधा घण्टा समय थप गरिएको छ । महाधिवशेन प्रतिनिधिहरुले अहिले पनि मतदान गरिरहेका छन् ।
पार्टीको निर्वाचन आयोगको आचार संहिताविपरीत काम भएको भन्दै रावलले निर्वाचन आयोग र सुरक्षाकर्मीलाई निर्वाचन रोक्न आग्रह गरेको जानकारी दिएका छन् ।