काठमाडौं । राष्ट्रिय प्रजातन्त्रक पार्टी (राप्रपा(को अध्यक्ष कमल थापाले यहि मंसिर १५ गते देखि १७ गतेसम्म हुन गइरहेको पार्टीको महाधिवेशनमा फेरी अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष थापाले पून अध्यक्ष पदमा उम्मेद्वारीको घोषणा गरेका हुन् । महाधिवेशनमा राजेन्द्र लिङ्देनले पनि अध्यक्षको उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । पार्टीको अवस्था सबैभन्दा कमजोर बनाएको भन्दै यसलाई राष्ट्रिय पार्टी बनाउनले उनले उद्घोष गरेका छन् । आफूले सुरु गरेको काम अधुरै भएकोले पूरा गर्न अध्यक्षमा उम्मेदवारी दिएको थापाले बताएलाइका छन् ।
लिङ्देन तर्फ इंगित गर्दै थापाले भने, ‘आफ्ना भाइ छोराले म परिवारको जिम्मेवारी लिन्छु भन्दा नकारात्मक लिनु हुँदैन । चार वर्ष धैर्य गर्नुस् दस्ख गर्ने काम हामीलाई छाड्दिनुस्,’ । उनले आफूलाई अध्यक्ष बनाउन पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेताहरु पशुपति शम्सेर जबरा, प्रकाशचन्द्र लोहनीको पनि साथ रहेको उनले दाबी गरे ।
उनले आर्यघाटमा नपुगेसम्म पद नछोड्ने मेरो मानसिकता नरहेको बताउँदै निजी काम र घुम्न बाँकी रहेको बताए । शारिरीक रुपमा सक्षम हुँदा नै निजी काम गर्नु छ,’उनले भने,‘मैले विश्राम लिनु भन्ने मलाई थाहा छ । आगामी निर्वाचनपछि अग्रणी संस्थाको रुपमा स्थापित गरेपछि वैचारिक धार बलियो भएपछि, हिन्दुराष्ट्रको आधार तयार भएपछि विश्राम लिन्छु ।