क्यानडा निवासी शेर्पाको पहलमा मुगुका अग्नी पीडित परिवारका लागि राहत संकलन

मुख्य खबर सोमवार मंसिर १३, २०७८

काठमाडौं । गत कार्तिक ३० गते मुगुको जिल्ला सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भीषण आगलागी हुँदा २० घर जलेर नष्ट भएका थिए । आगलागीबाट करोडौंको धनमाल जलेर नष्ट भएपछि त्यहाँ स्थानीय बासिन्दा विचललितमा परेका छन् ।

उक्त क्षेत्रका अग्नी पीडित परिवारका लागि क्यानडा बस्दै आएका आङगेलु शेर्पाको पहलमा मुगुको अग्नी पिडितलाई तीन लाख बढि आर्थिक सहयोग रकम संकलन भएको छ । मुगुमा भएको आगलागी बारे सामाजिक अभियान्ता एवम् युवा नेतृ रिता शाहीले सामाजिक सञ्जाल मार्फत त्यहाँको पीडाबारे सार्वजनिक गरेपछि क्यानडामा बस्दै आएका युवा समाजसेवी शेर्पाले सहयोगका लागि अपिल गरेका थिए ।

स्थानीय ठिन्ले लामाको घरमा फैलिएको आगोले घर नष्ट भएपछि स्थानीयहरु बिचलितमा परेका छन् । कर्णाली प्रदेशको दुर्गम जिल्लाको रुपमा चिनिने मुगुमा सरकारले समेत उचित राहतको प्रबन्ध गर्न नसक्दा उनीहरु बिचलित बनेका छन् । उक्त ठाउँको पीडालाई मध्यनजर गर्दै शाहीले सेर्पालाई राहतका लागि पहल गर्न अनुरोध गरेकी थिइन। साथै सेर्पाले क्यानडामा बस्दै आएका मनकारी व्यक्तिहरुमा माफर्त तीन लाख भन्दा बढी रकम संग्लन गरि पठाएको र उक्त राहत लिएर शाही केही दिनमा घटनास्थल मुगुमा जाने बताएकी छन् ।
हेर्नुहोस् सहयोग गर्ने मनकारी व्यक्तिहरुको विवरण

Leave a Comment