ओमिक्रोनको जोखिम रहेको भन्दै डब्लु एचओले दियो नेपाललाई उच्च सतकर्ता अपनाउन सुझाव

मुख्य खबर आइतवार मंसिर १२, २०७८

काठमाडौं । कोभिड १९ को नयाँ भेरियन्ट देखा ओमिक्रोनको जोखिम बढेको भन्दै विश्वस्वास्थ्य संगठनले नेपाललाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।विश्व स्वास्थ्य संगठनको दक्षिण(पूर्वी एसिया हेर्ने क्षेत्रीय कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढावा दिनुपर्ने बताएको छ ।

डब्लूएचओकी क्षेत्रीय निर्देशक डा। पुनम क्षेत्रपाल सिंहले नेपाललगायत दक्षिण(पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएकी छन् । उनले अझैपनि संक्रमणको जोखिम पूर्णरुपमा हटिसकेको छैन र यसलाई नियन्त्रण गर्न हामीले हाम्रो सतप्रतिशत दिन जरुरी छ रहेको विज्ञप्ति मार्फत सुझाएकी छन् । जति छिटो संक्रमण नियन्त्रणका उपायहरु अवलम्बन गरिन्छ त्यति नै क्षति कम गर्न मद्दत पुग्छ । कोभिड-१९ गराउने भाइरस जति धेरै फैलिन्छ त्यति नै त्यसमा उत्परिवर्तन देखिन्छ र नियन्त्रण गर्न कठिन हुन्छ,क्षेत्रीय निर्देशक सिंहले विज्ञप्तीमा भनेकी छन् ।

 

उनले अहिले पनि भाइरस नियन्त्रणको सबैभन्दा सजिलो उपाय भनेको मास्कको उचित प्रयोग, सामाजिक दूरी, भीडभाडबाट टाढा रहने, स्यानिटाइजेसन र खोपको प्रयोग नै रहेको बताएकी छन् ।

 

Leave a Comment