काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिकामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । बरहथवा नगरपालिका–१, हजरियाका शिव हजारीकी अन्दाजी २५ वर्षीया श्रीमती कविता हजारी पासवान, ८ वर्षीया छोरी सुलोनी पासवान र ५ वर्षीय छोरा स्वागत पासवान आइतबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कविताको शव घर भित्रै झुण्डिएको अवस्थामा फेला परेको थियो भने छोरी र छोरा भुइँमा लडिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।
तिनैजनाको शव अहिले पोष्ट मार्टमका लागि जिल्ला अस्पताल मलंगवामा पठाइएको छ । मृतक कविताका श्रीमान् विगत ४ वर्षदेखि मलेसियामा वैदेशिक रोजगारीमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए ।