एमालेमा हिजोदेखि जनवाद सकियो,अब केपीको डनवाद मात्रै बाँकी छ: नेता थापा

राजनीति आइतवार मंसिर १२, २०७८

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले एमालेमा जनवाद सकिएको दाबी गरेका छन् । उनले एमालेमा जनवाद सकिएको र केपी ओलीको डनबाद बाँकी रहेको बताएका छन् । उनले बरालिँदै गरेको एमालेलाई कांग्रेसले तह लगाउनु पर्नेमा जोड दिएका छन् ।
एमाले पनि हाम्रो शत्रु होइन । तर, बरालिएको एमालेलाई ठीक ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्ने काम कांग्रेसको हो । चितवनबाट एमाले बरालिएको छ । त्यो बरालिएको एमालेलाई ठीक ठाउँमा ल्याउने तागत कांग्रेसले आफ्नो अधिवेशनबाट लिएर आउनुपर्छ,’ थापाले भने ।

उनले चितवनबाट एमाले नराम्रोसँग बरालिएको टिप्पणी गरे । ‘नारायणीको किनारमा कोही पनि मानिस स्वतन्त्र छैन । त्यहाँ बा’को पाउमा तेल लगाउने प्रतिस्पर्धा चलिरहेको छ । त्यो प्रतिस्पर्धामा भाग लिन्नँ भनेर उठेको मान्छे जम्मा एक जना हो–भीम रावल,’ थापाले अघि भने, ‘भीम रावलले झन्डै कुटाई खाएर अहिले उनलाई हाम्रो प्रहरीले सुरक्षा दिइरहेको छ । विधिवत् रुपमा नेकपा एमालेबाट हिजोदेखि जनवाद सकियो । त्यहाँ अब केपी ओलीको डनवाद मात्रै बाँकी छ ।’

उनले एमालेले महाधिवेशनबाट लिएको राष्ट्रिय राजनीतिको कार्यदिशा, नीति र योजनाहरूलाई कांग्रेसले नजिकबाट हेर्नुपर्ने जरुरी रहेको बताए । ‘तपाईंलाई लाग्न सक्छ, एमालेले जे गरोस् हामीलाई के चासो ? हामी नेकपा एमालेको कार्यकर्ता होइन । तर, यो चासोको विषय हो । हाम्रो अधिवेशन उनीहरूका लािग चासोको विषय हो, उनीहरूको अधिवेशन हाम्रो लागि चासोको विषय हो,’ उनले भने, ‘राष्ट्रिय राजनीतिमा नेकपा एमाले कांग्रेसको सहयात्री हो । संसदीय राजनीतिमा प्रतिस्पर्धी हो । चितवनबाट फर्किंदै गरेको एमालेले केही खतराको संकेत गरेको छ ।’

Leave a Comment