पूर्व माओवादीले मागे एमालेमा कम्तीमा तीन पदाधिकारी सहित सम्मानजनक पद

राजनीति आइतवार मंसिर १२, २०७८

काठमाडौं । पूर्व माओवादी केन्द्रका नेताहरुले एमालेको दशौं महाधिवेशनमा आफ्नो सम्मानजनक पद माग गरेका छन् । उनीहरुले आज केपी शर्मा ओलीलाई भेटेर कम्तीमा तीन पदाधीकारी सहित सम्मानजनक पद मागेका हुन् ।

उनीहरुले आज ओलीलाई भेटेर रामबहादुर थापा बादललाई वरिष्ठ उपाध्यक्ष उपाध्यक्ष, टोपबहादुर रायमाझीलाई उपमहासचिव र लेखराज भट्टलाई सचिव बनाउनुपर्ने माग गरेका छन् । यस्तै प्रभु साह र मणी थापाले पनि पदाधिकारीमा आफ्नो दाबी पेश गरेका छन् ।

पूर्व माओवादी पक्षका नेता मणी थापाका अनुसार आफ्नो पक्षका मागका बारेमा छलफल गर्नका लागि अहिले टोपबहादुर रायमाझी र लेखराज भट्ट केपी शर्मा ओलीलाई भेट्न गएका छन् ।

 

Leave a Comment