काठमाडौं । भारतीय कम्युनिष्ट मार्क्सवादी पार्टीका नेता जोगेन्द्र शर्माले भारतको नरेन्द्र मोदी सरकारले नेपाललाई हिन्दु राष्ट्र र राजतन्त्रलाई पुनर्स्थापना गराउन लागि परेको बताएका छन् ।
शनिबार चितवनको सौराहमा नेकपा एमालेका बन्द सत्रलाई सम्बोधन गर्दै शर्माले सन् २०२५ सम्ममा मोदी सरकारले भारतलाई पनि हिन्दु राष्ट्र बनाउन खोजेको आरोप लगाए ।
ुभारतको नरेन्द्र मोदी सरकारले नेपालमा राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापना गराउन लागिको र सन् २०२५ सम्म भारतलाई पनि हिन्दु राष्ट्र बनाउने लक्ष्य लिएको बताए । उनले मोदी नेतृत्वको सरकारले भारतमा मात्रै नभएर दक्षिण एसियाबाट कम्युनिष्ट आन्दोलन समाप्त पार्ने कोसिसमा रहेको भन्दै त्यसतर्फ सचेत गराएका छन् ।