काठमाडौं । नेपाल बार एसोसिएसन र नागरिक समाजले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध सर्वाेच्च अदालत देखि प्रधानमन्त्री निवास बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । नेपाल बार एसोसिएनका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार प्रधान्यायाधीश चोलेन्द्र विरुद्धको उक्त मार्चपासमा नागरिक समाज, विभिन्न पेसागत समूह र कानून व्यवसायीहरु लगाएतको उपस्थित हुने भएको छ ।
अध्यक्ष श्रेष्ठका अनुसार यहि मंसिर ९ गते दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जानकारी दिए । नागरिक समाजका सदस्यसहित ९ गते २ बजे बालुवाटारसम्म मार्च पास गरिनेछ । जनताका लागि न्याय चाहिएकाले जनता उठ्नुपर्ने भएको छ उनले भने ।
हिजो मात्र नेपाल बार एसोसिएनले विभिन्न दलहरुलाई प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा किन भन्दै ज्ञापनपत्र समेत बुझाएको थियो ।