काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले चितवनमा महाधिवेशन राखेर आफूलाई सिद्धान्त खोजेको आरोप लगाएका छन् । शनिबार रौतहटमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूलाई सिध्याउने उद्देश्य राखे पनि जनताको अगाडि केही नलाग्ने धारणा राखे ।
‘अध्यक्ष प्रचण्डले भने, अब यहाँबाट म चितवन जाँदैछु, चितवनमा एउटा सानो पार्टीले पनि महाधिवेशन गरेको छ, अहंकारले चरमचुलीमा पुगेका खलनायकहरुले पनि महाधिवेशन गर्दैछन्’ एमालेलाई लक्षित गर्दै प्रचण्डले भने, ‘मैले त भन्ने गरेको छु, प्रचण्डलाई माया गरेका छन्, तर उनीहरु माया गर्न गएका त होइनन्, सिध्याउन गएका हुन्, तर जनताको अगाडि कुनै तागतले केही गर्न सक्दैन ।’
प्रचण्डले आउँदो चुनावमा मधेसमा माओवादी केन्द्र पहिलो पार्टी हुने दावी गरे ।