सर्लाहीमा देउवा र पौडेल पक्षबीच झडप, केन्द्रबाट गएका निर्वाचन अधिकृत समेत कुटिए

प्रदेश २ बिहिबार मंसिर २, २०७८

काठमाडौ । कांग्रेस महाधिवेशनको विषयलाई लिएर सर्लाहीमा कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । सर्लाही कांग्रेसको अधिवेशनको विषयमा सहमती नहुँदा दोहोरो झडप भएको हो ।

मगलबार निर्वाचन अधिकृत तोक्ने क्रममा दुवै पक्षबाट शिक्षक खटाएपनि शिक्षक संघले मतदान अधिकृत ३६० जनाको सू्ची दिएपछि विवाद सुरु भएको थियो । नेपाली कांग्रेसले केन्द्रले जिल्लाको अधिवेशनका लागि अधिवक्ता दिवाकर राज पाण्डे र सहायक निर्वाचन अधिकृतमा सिद्धराज जोशीलाई खटाएको थियो ।

निर्वाचन अधिकृत पाण्डे जिल्लामा प्रवेश गर्ने वित्तिकै त्यहाँका शेर बहादुर देउवा र रामचन्द्र पौडेल पक्षका पाँच पाँच जना राखेर छलफल गरेका थिए । साथै विवाद व्यवस्थापन कमिटी देउवा टिमबाट प्रदेश दुई नम्बरका प्रदेश सचेतक एवम् जिल्ला सचिव उपेन्द्रराय यादव, अर्का सचिव नविनराज अधिकारी एक जना प्रेस युनियनका अध्यक्ष कृष्णराज थपलियाको कमिटी गठन गरेको सहायक निर्वाचन अधिकृत सिद्धराज जोशीले नेपाल एफ नेटवर्कलाई जानकारी दिए ।

शिक्षक संघबाट उपलब्ध भएका ३६० जना मध्ये गोलापर्थाद्वारा २२० जना अन्तिम नामवली प्रकाशन गरिएको र उनीहरुलाई कहाँ कहाँ खटाउने भन्ने विषयमा विवाद उत्पन्न भएको थियो । दुबै पक्षबीच विवाद बल्झिदै जाँदा सचिव नविनराज अधिकारीले विवाद समाधान लागि भन्दै देउवा समूहका प्रदेश मन्त्री विरेन्द्र, उपेन्द्रराय यादव, कांग्रेसका केन्द्रीय सदस्य जंगलाल रायबीच सहित व्यक्तिहरुलाई बोलाएका थिए । उनीहरु विवाद समाधानका लागि निर्वाचन अधिकृत सहितको टोली त्यहाँ पुग्दै गर्दा उनीहरु विरुद्ध याोजनाबद्ध तरिकाले नाराबाजी सहित आक्रमण भएको जोशीले बताएका छन् ।

नविनराज अधिकारीको नेतृत्वमा शिक्षक संघका पूर्व अध्यक्ष कोशल किसोर कांग्रेस पूर्व जिल्ला अध्यक्ष विनोद खनाल, भाग्यनारायण यादव,अमित यादवको टोलीले उनीहरु आफूहरु माथि सांघातीक आक्रमण गरेको जनाएका छन् । निर्वाचन अधिकृत पाण्डे माथि बेल्ट, जुत्ता, चप्पल प्रहार गरी घाइते सक्त घाइते बनाएको र उनको साथको मोबाइल समेत लुटेर लगेको र बैठकको माइन्ट समेत कब्जा गरेको जोशीले जानकारी दिए । कांग्रेसका दुई पक्षीय कार्यकर्ताबीच थप झडप हुने देखेपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाएको प्रहरी नायब उपरीक्षक ९डीएसपी० माधवप्रसाद बुढाथोकीले जानकारी दिए । ।

 

 

Leave a Comment