काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस पराजित हुनुमा पार्टी सभापति शेर बहादुर देउवाको दोष भएको बताएका छन् । उनले प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस २३ सिटमा खुम्चिनुमा पनि देउवाको प्रमुख दोष भएको आरोप लगाए ।
देउवा नेतृत्वमा आएपछि कांग्रेस निकै कमजोर भयो । त्यही भएर कांग्रेस अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष १६५ सिटमध्ये २३ सिटमा मात्रै विजयी हुन सक्यो, उनले भने,कांग्रेस पराजित हुनुमा देउवाकै दोष छ ।बिहीबार बबरमहलमा सम्पादकहरूसँगको छलफलमा नेता सिंहले देउवाले पार्टीलाई बिगारेकाले आफूले उम्मेदवारी दिन लागेको बताएका हुन् ।
फरक प्रशंगमा बा्ल्दै नेता सिंहले कांग्रेसले अरूसँग अलायन्स गरेर जाने नजाने बताउँदै प्रतिस्पर्धा गर्न कांग्रेस एक्लै काफी रहेको बताएका छन् ।