सर्वाेच्चका ६ न्यायाधीशहरु काममा फर्किए

मुख्य खबर मङ्लबार कार्तिक ३०, २०७८

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध अघोषित रुपमा आन्दोलनमा उत्रेको सर्वाेच्च अदातलका न्यायाधीशहरुबीच मतभेद देखा परेको छ । यस अघि प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै अघोषित रुपमा आन्दोलनमा उत्रेका सर्वाेच्च बारका न्यायाधीशहरुबीच मतभेद सुरु भएसँगै केही न्यायाधीशरु प्रधानन्यायाधीश राणाको पक्षमा उभिएका छन् ।

बन्दीप्रत्यक्षीकरण बाहेकका इजलास बहिस्कार गर्दै आन्दोलनमा सहमती जनाएका ६ जना न्यायाधीशहरु आजदेखि नियमित काममा फर्किएका हुन् । न्यायाधीशहरू तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ, प्रकाश ढुंगाना, कुमार चुँडाल र मनोज शर्मा जारी आन्दोलन छाडेर इजलासमा फर्किएका छन् । तेजबहादुर केसी र कुमार रेग्मी, प्रकाश ढुंगाना र कुमार चुँडाल तथा बमकुमार श्रेष्ठ र मनोज शर्माको इजलासमा अहिले सुनुवाइमा सहभागी बनेका छन ।

सोमबार नेपाल बारसँगको छलफल बहिष्कार गरेका ५ जना न्यायाधीशलाई मंगलबार अर्का न्यायाधीश प्रकाश ढुंगानाले पनि साथ दिएका हुन् । अन्य न्यायाधीशहरु समेत नियमित कामकाजमा फर्किने सर्वाेच्च अदालतले जनाएको छ ।

Leave a Comment