प्रधानन्यायाधीश विरुद्ध सर्वाेच्चमा आज पनि प्रदर्शन, वकिलहरुको माइक प्रहरीले खोस्यो

मुख्य खबर मङ्लबार कार्तिक ३०, २०७८

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध मगलबार पनि कानून व्यवसायीहरुले आन्दोलन गरेका छन् । प्रधान्यायाधीश जबरा विरुद्ध आन्दोलनमा उत्रेको नेपाल बार एसोशिएसनले सर्वाेच्च परिसरमा नाराबाजी गरेका थिए ।

अदालत परिसर भित्र नै कानून व्यवसायीहरुले चर्का नारा जुलसुर लगाउन खोजेपछि प्रहरीले उनीहरुको माइक नियन्त्रणमा लिएको थियो । नेपाल बार एसोसिएसनको अगुवाइमा भइरहेको प्रदर्शनमा बारको भवनबाट सर्वोच्च छिर्ने क्रममा प्रहरीले माइक खोसेको हो ।

 

प्रहरीले माइक खोसेपछि वकिलहरुले विचौलियाका नाइके कुर्सी छोड भन्दै प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका छन् ।

Leave a Comment