ओखलढुंगा । ओखलढुङ्गामा बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको जिप बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र एकजनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । एकादशी मेला भर्न ककनी जाने तीर्थालु बोकेको बोलेरो सुनकोशी गाउँपालिका९९ को बुलडाँडामा दुर्घटना भएको हो ।
घाइतेमध्ये गम्भिर चार जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।