काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत नेपाल बार एसोशिएसन र सर्वाेच्च बारलाई सम्वादका लागि आव्हान गरेका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै इजालस बहिस्कार गर्दै आएका न्यायाधीशहरु र नेपाल बार एसोसिएसनलाई प्रधानन्यायाधीश जबराले सम्वादमा आउन आग्रह गरेका हुन् ।
सोमबार दुई पृष्ठको विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले आफू माथि एकपक्षीय प्रहार भएको भन्दै सम्वादका लागि आग्रह गरेका थिए । प्रधानन्यायाधीश जबराको आग्रहलाई नेपाल बार एसोशिएसनले भने अस्विकार गरेको छ ।
जबराको विज्ञप्तिपछि बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले न्यायपालिकाको गरिमा राख्न नसकेकोुबताउँदै राजीनामा मात्र विकल्प रहेको बताए।
बारको विरोध कार्यक्रममा बोल्दै श्रेष्ठले भने, तपाईँसँग वार्ता हुन सक्दैन। तपाईँ राजिनामा गर्नुस्।उनले आफूहरुको आन्दोलन न्यायालयको गरिमा कायम राख्नका लागि भएको बताए । तपाईं राजीनामा दिएर न्यायपालिकाको गरिमा राख्नुहोस् । राजीनामा दिनुहोस्, ु अध्यक्ष श्रेष्ठले भने, प्रहरी हस्तक्षेप गरेर हाम्रा साथीहरुलाई घाइते बनाउने तपाईंसँग वार्ता हुन सक्दैन । तपाईंसँग वार्ता गर्नु भनेको विकृति, विसंगति र भ्रष्टाचारको झन् संरक्षण हुन्छ । न्यायपालिकाको गरिमा कायम हुँदैन ।