काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४ स ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै आइतबार ९ हजार ६ सय ६ जनामा गरिएको कोरोना परीक्षणमा ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसै गरि आज ३ सय ४८ जना कोरोना संक्रमितहरु कोरोना मुक्त भएका छन् ।