काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार एक्कासि रक्तचाप बढेपछि अस्पताल भर्ना भएका अध्यक्ष पुष्पकमल प्रचण्ड अस्पताल भर्ना भएका थिए ।
अध्यक्ष प्रचण्ड शनिबार दिउँसो ललितपुरस्थित मेडिसिटी अस्पताल गएका थिए। चिकित्सकको सल्लाहमा उनी एकरात अस्पतालमै भर्ना भएर बसेका थिए।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले दिएको जानकारी अनुसार स्वाथ्यमा क्रमिक सुधार आएपछि चिकित्सकको सल्लाहमा उनी आज दिउँसो डिस्चार्ज भएका हुन्। चिकित्सकहरूले बताए अनुसार अहिले प्रचण्डको अवस्था समान्य रहेको बताइएको छ।