तीन तहको निर्वाचन जिताउन मेरो उम्मेद्वारी: पौडेल

मुख्य खबर शुक्रबार कार्तिक २६, २०७८

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय सदस्यहरुको बैठकमा नेतृत्वका लागि सहमती गर्न आग्रह गरेका छन् । पौडेल समूहमा सभापतिका आकांक्षी बढेसँगै उनले आकांक्षी नेताहरुलाई सहमती गर्न सुझाएका हुन् ।

कांग्रेस महाधिवेशनको १४ औं अधिवेशनमा पौडेल सहित महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतीको दावेदारमा रहेका छन् ।

पौडेलले आफू निकट केन्द्रीय सदस्यहरुलाई भने ‘कि तपाईहरु नेतृत्वका विषयमा सहमति गर्नूस्, नत्र म सबैलाई संयोजन गर्न सक्छु, मलाई नेतृत्वमा सबैले अगाडि सार्नुस्,’ । ‘म पुरा कार्यकाल सभापति बन्दिन । तीन तहको निर्वाचनमा पार्टीलाई जिताएर विदा हुन्छु । त्यसपछि तपाईँहरुलाई नै छोड्छु ।’

Leave a Comment