काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको निर्धारित मिति नजिकिएसँगै पार्टी नेतृत्वका आकांक्षी नेताहरुले आन्तरिक छलफललाई तिव्र बनाएका छन् ।
महाधिवेशन केन्द्रित रणनीति तय गर्न प्रधानमन्त्री समेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार आफु निकट शीर्ष तहका नेताहरुसंग छलफल गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो । शनिवार वडा र जिल्ला अधिवेशन हुन बाँकी जिल्लाहरुमा आफ्नो अवस्था, अधिवेशनबाट आफ्नो पक्षलाई बलियो बनाउन आवश्यक रणनीतिमा छलफल केन्द्रित रहेको जनाइएको छ ।
त्यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत आफू निकट नेताहरुसँग छुट्टै भेटघाट गरेका छन् । उनले शुक्रबार दिउँसो काठमाडौमा बोलाइएको बैठकमा कार्तिक २८ गते बस्ने केन्द्रीय समितिको बैठकका लागि साझा धारणा बनाउने जनाइएको छ । यस्तै, महाधिवेशनको आवश्यक तयारीका समबन्धमा पनि भेलामा छलफल हुने बताइएको छ ।