काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध आन्दोलनमा उत्रेको नेपाल बार एसोशिएसनको आन्दोलनमा प्रहरी हस्तक्षेप भएको छ । प्रधानन्यायाधीश जबरा विरुद्ध सर्वाेच्च अदालत परिसर भित्र नै नाराबाजी भएपछि जबरा प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रहरीले बार एसोशिएसनको माइक खोसेसँगै अधिवक्ता र प्रहरीबीच मुक्कामुक्की चलेको थियो । प्रहरीसँगको धक्कामुक्कीमा नेपाल बार एसोसियसनका महासचिव लीलामणि पौडेल सामान्य घाइते भएका छन् ।
त्यस्तै बारका पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमन कर्ण र उच्च अदालत बार एसोसियसनका सदस्य मुकुन्द भट्टराई पनि सामान्य घाइते भएका छन् । अहिले सर्वोच्च परिसरमा अधिवक्ताहरूले प्रधानन्यायाधीशविरुद्ध चर्का नाराबाजी गरेका छन् ।