पूर्व संविधानसभा सदस्य जोशी सुदूरपश्चिम प्रदेशको प्रमुखमा नियुक्त

सुदूरपश्चिम मङ्लबार कार्तिक २३, २०७८

काठमाडौं । पूर्व संविधान सभा सदस्य देवराज जोशी सुदूरपश्चि प्रदेशको प्रमुखमा नियुक्त भएका छन् । नेपाली कांग्रेस बाजुराबाट २०४८ सालका सांसदमा निर्वाचित जोशी संबिधानसभा सदस्य , नेपाली काँग्रेस बाजुराका पूर्व पार्टी सभापति , कांग्रे महासमिति सदस्य समेत हुन् ।

शिक्षण पेसा त्यागेर राजनीतीमा आएका जोशी कांग्रेस सभापति शेर बहादुृर देउवा निकट मानिन्छन् । सभापति शेर बहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री बनेपछि जोशीलाई सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका हुन् ।

राजनीतिक रुपमा बिना विवादित छबि बनाएका जोशी बाजुराका स्थायी बासिन्दा हुन् । प्रधानमन्त्री देउवाले यस अघि बाजुराकै खम्ब बहादुर खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । खाती र जोशीले सरकारका महत्वपूर्ण ठाउँमा भूमिका पाएको भन्दै बाजुराबासीले खुसी ब्यक्त गरेका छन् ।

 

 

Leave a Comment