काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बैठक आज बेलुका ५ बजे सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बस्न लागेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले जानकारी दिएका छन् ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने उनले बताए । आज बिहान बालुवाटारमै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता भएको उनले बताएका छन् । भेटवार्तामा समसामयिक वर्तमान राजनीतिक अवस्था र एमसीसी पास गर्न अध्यादेश ल्याउने बारे छलफल गरिने जनाइएको छ ।