पाँच दलिय गठबन्धन लोकतन्त्रको भक्षक हाे : ओली

मुख्य खबर आइतवार कार्तिक २१, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलिय गठबन्ध लोकतन्त्रको भक्षक भएको बताएका छन् । आज (आइतबार) एमाले कर्णाली-काठमाडौं सम्पर्क समितिले तिहारका अवसरमा आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘गठबन्धन लोकतन्त्रका भक्षकहरु हुन् । यिनीहरुलाई लोकतन्त्रका मूल्यमान्यता होइन सत्ता चाहिएको छ,ु देश होइन।’ उनले भ्रमहरुका विरुद्ध लड्ने जाँगरण पैदा गर्न पार्टीका कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘प्रतिगामी परमादेश अनेक आउन सक्छन् । हामी सरकार छोड्न तयार छौं । तर, लोकतन्त्र तलमाथि हुन दिदैंनौं । संविधान च्यात्न दिदैंनौं।’

ओलीले भने, ‘आफ्ना हितहरुको सुरक्षा गर्न शासकहरुले राज्यको प्रबन्ध गरेको हुन्छ । यस्तै, गलत चेतना विस्तार गर्न विशेष पण्डित तयार गरेको हुन्छ। असार २८ का जस्ता प्रतिगामी परमादेशहरू अरु पनि आउन सक्ने भन्दै सचेत रहन कार्यकर्ता पंक्तिलाई आह्वान गरेका छन् ।

 

Leave a Comment