साहित्यकार थापा हरिकला गुणाकर दायित्व रचना पुरस्कार २०७६ बाट सम्मानित हुँदै

मुख्य खबर आइतवार कार्तिक २१, २०७८

काठमाडौं । साहित्य समाजको ऐना हो। साहित्यका क्षेत्रमा लामो समय देखि कल चलाउँदै आएका साहित्यकार एवम् कवि दिनेश विक्रम थापा हरिकला गुणाकर दायित्व रचना पुरस्कार ( २०७६) पुरुस्कार पुरुस्कृत हुने भएका छन् ।

वि.स. २०२२ साल पुस महिनाको १४ गते गुल्मीदबार गाउँपालिका २ झिरवास,जुमङ गुल्मीमा बुबा बम बहादुर थापा र माता फूल कुमारी थापाको सन्तानको रुपमा जन्म लिएका साहित्यकार थापा लामो समयदेखि साहित्य विधामा कलम चलाउँदै आएका छन् । अर्थशास्त्र र अंग्रजी विषयमा स्नात्तोकत्तरसम्मको अध्ययन गरेका थापाका समय रक्तस्नान गरिरेछ कविता संग्रह (२०६५), ज्योतिका युगिन स्वरहरु संयुक्त कविता संग्रह,तस्रो फूल कविता संग्रह (२०७१) प्रकाशित भएका छन् ।

विद्यालय स्तरको अध्ययनबाटै साहित्यमा विशेष रुची राख्ने साहित्यकार एवम् कवि थापाले विभिन्न राष्ट्रिय पुरुस्कार समेत जित्न सफल भएका छन् । शब्द र भाव मार्फत समाजको यर्थाात चित्रण गर्न माहिर थापा अन्तर संस्थान कविता प्रथम पुरुस्कार (२०५८) विष्णुचन्द अभिनय प्रतिभा पुरुस्कार (२०६३) विनय पुरुस्कार (२०६४) ज्योती प्रतिभा सम्मान (२०७०) राष्टव्यापी कविता प्रतियोगिता २०७६ बाट सम्मानित एवम् पुरुस्कृत भइसकेका छन् । २०४५ सालमा दैनिक निर्णय पत्रिका मार्फत कविता प्रकाशित गर्न सफल थापा लामो समयदेखि लेखन कार्यमा समेत सक्रिय रुपमा चिनिदै आएका छन् । जनचेतना साप्ताहिक पाल्पाका प्रधानसम्पादक,मनोभाव त्रैमासिक पत्रिकाको प्रधानसम्पादक, गुञ्जन त्रैमासिक पत्रिका र श्रमिक सन्देश त्रैमासिक पत्रिकाको सम्पाद समेत रहेका थापाको कलम निरन्तर रुपमा साहित्यकका क्षेत्रमा चल्दै आएको छ ।

Leave a Comment