उपराष्ट्रपति र सञ्चारमन्त्रीबाट टीका ग्रहण

मुख्य खबर शनिबार कार्तिक २०, २०७८

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीकाका अवसरमा नजिकका आफन्त बहिनीहरुसँग यसवर्षको भाइटीका ग्रहण गर्नुभएको छ ।

लैनचौरस्थित उपराष्टपति निवासमा आज बिहन ११ बजेर २ मिनेटको शुभसाइतमा उहाँले आफन्त बहिनीहरुबाट टीका ग्रहण गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो ।

टीका लगाइदिएपछि बहिनीहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गर्नुभयो । सो अवसरमा उपराष्ट्रपति पुनले दिदीबहिनीलाई दक्षिणा तथा स्नेहोपहार प्रदान गर्नुभएको थियो ।

सञ्चारमन्त्रीबाट टीका ग्रहण
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भाइटीकाका अवसरमा बहिनीहरुसँग यसवर्षको टीका ग्रहण गर्नुभएको छ ।

सञ्चारमन्त्री कार्कीले ललितपुरको भैँसेपाटीस्थित बहिनीको निवासमा आज बिहन ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना बहिनी सुशीला बस्नेत र तारा थापाबाट टीका ग्रहण गर्नुभएको हो । सञ्चारमन्त्री कार्कीसहित चार दाजुभाईले टीका ग्रहण गर्नुभएको सञ्चारमन्त्रीका स्वकीय सचिव रामजी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सञ्चारमन्त्री कार्कीसहित भाइहरु देवेन्द्र कार्की, डा मृगेन्द्र कार्की र लोकेन्द्र कार्कीले टीका ग्रहण गर्नुभएको हो ।

टीका लगाइदिएपछि बहिनीहरूले सञ्चारमन्त्रीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गर्नुभयो । सो अवसरमा सञ्चारमन्त्री कार्कीले बहिनीहरुलाई दक्षिणा तथा स्नेहोपहार प्रदान गर्नुभयो ।

Leave a Comment