अमेरिकी राष्ट्रपति वाइडेन दम्पतीले मनाए दीपावली

अन्तर्राष्ट्रिय शुक्रबार कार्तिक १९, २०७८

काठमाडौं । अमेरिकी राष्ट्रपति जाो बाइडेनले हिन्दुहरुको महान पर्व दीपावली मनाएका छन् । राष्ट्रपति बाइडेन दम्पतीले दीपावली मनाएको फोटो ट्विट गर्दै शुभकामना समेत व्यक्त गरेका छन् । पूर्वीय दर्शनमा पश्चिमाहरुको प्रभाव परिरहेको अवस्थामा विश्वशक्तिशाली राष्ट्र अमेरिकामा समेत दीपावलीको सकारात्मक सन्देश पुगेको छ ।

राष्ट्रपति बाइडेनले ट्विट मार्फत भनेका छन,दीपावलीको उज्यालोले हामीलाई अन्धकारबाट ज्ञान, बुद्धि र सत्यताको स्मरण गरून्। विभाजनबाट, एकता। निराशाबाट, आशा तर्फ उन्मुख हुने विश्वास प्रकट गरेका छन् । अमेरिका र विश्वभरि मनाउने हिन्दू, सिख, जैन र बौद्ध धर्मावलम्बीहरूलाई- पिपुल्स हाउसदेखि सम्पूर्णलाई शुभ दीपावली भन्दै शुभकामना सन्देश समेत दिएका छन् ।

नेपाल भारतमा पश्चिाहरुको प्रभावका कारण क्रिचेनहरुले हिन्दु धर्मको बारेमा नकारात्मक टिप्पणी र अपवाहक फैलाए रहेको अवस्थामा बाइडेनले व्यक्त गरेको शुभकामनाले सकारात्मक सन्देश जाने जानकारहरुको भनाइ रहेको छ ।
हेर्नुहोस् बाइडेनको शुभकामना सन्देश जस्ताको त्यस्तै

 

Leave a Comment