काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै कुरु क्षेत्रको धाक नलाउन चेतावनी दिनु भएको छ । भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कुरु क्षेत्रको धाक नलाउन चेतावनी दिनु भएको हो ।
पुष्पकमल दाहालले भन्दा २५ वर्ष अघि आफूले गणतन्त्रको कुरा उठाएको दाब िगर्दै ओलीले ‘केही तत्वहरू अनेक प्रकारका झुठा, भ्रमपूर्ण कुरा फैलाइरहेको बताउनु भएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालतर्फ लक्षित गर्दै ओलीले भन्नुभयो, ‘कुरु क्षेत्र बनाउने भनेर धाक लगाएका छन् कसलाई तस्र्याएको ? नेपाल अब धर्म क्षेत्र हुन्छ । शान्ती क्षेत्र बन्छ । कुरु क्षेत्रको धाक नलगाए हुन्छ । हामीलाई देश बनाउनेसंग सरोकार छ ।’ यसअघि माओवादी केन्द्रले चितवनको भरतपुरमा आयोजना गरेको कार्यक्रममा दाहालले राजनीतिक टक्कर र लडाइँले चितवन कुरुक्षेत्र बन्दै गएको टिप्पणी गरेका थिए ।सरकारमा हुँदा असाधारण काम गरेको बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘हामीले विकासका काम थुप्रै ग¥यौं । मोटरेबल पुल, चौडा पक्कीबाटो निर्माण गरेका छौं । हुलाकी राजमार्ग पूर्वदेखि पश्चिमसम्म नयाँ ढंगले बनायौं ।’
आफ्नो पार्टी राष्ट्र निर्माणको अभियानमा लागेको ओलीको भनाइ थियो । फरक प्रसंगमा ओलीले भने, ‘पुर्वजहरुप्रति गर्व गर्नुपर्छ । उहाँहरुले संस्कृति र सभ्यताको सृजना गर्नुभयो । नेपाली भुमिबाट थुप्रै कुराको सुरुवात भएको छ । हाम्रो संस्कृति र पुरानो गौरबको संरक्षण र प्रवद्र्धन गर्न जरुरी छ । ’ कार्यक्रममा ओलीले माटाको पाला बनाउनु भएको थियो ।
मध्यपुर थिमी नगरपालिकाले प्रकाशन गरेको ‘गन्तव्य मध्यपुर थिमी’ नामक पुस्तकको विमोचन गर्दै ओलीले भन्नु भयो, ‘मैले माटाको पाला बनाए । अर्को दिपावलीमा यो पाला प्रयोगमा ल्याउँछु । माटाका कुरा सबैभन्दा बलिया हुन्छन् । माटो धेरै पकायो ढुंगा भन्दा कडा हुन सक्छ ।’ उनले भक्तपुर एउटा जिवित संग्रहालय भएको बताउनु भएकाे हाे । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेर हरेक क्षेत्रबाट विकासका आयामहरु फैलाउने ओलीको भनाइ थियो ।