नेकपा समाजवादी पार्टी दियो झलनाथ खनाल सहितका पाँच नेतालाई विभागकाे जिम्मेवारी

मुख्य खबर बिहिबार कार्तिक १८, २०७८

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका पाँच विभागलाई पूर्णता दिएको छ। केन्द्रीय सचिवालयको बुधबारको बैठकले पाँच विभागलाई पूर्णता दिएको नेकपा (एकीकृत समाजवादी) ले आज (बिहीबार) विज्ञप्ति जारी गरेर जानकारी गराएको हो ।

झलनाथ खनालको नेतृत्वमा विदेश विभाग गठन गरिएको छ । यो समिति प्रमेश हमाल उपप्रमुखसहित अरु ९ जना सदस्य छन् ।

बेदुराम भुसालको नेतृत्वमा संगठन विभाग, डा. गंगालाल तुलाधरको नेतृत्वमा शिक्षा विभाग तथा विपद व्यवस्थापन विभाग गठन गरिएको एकीकृत समाजवादीले जनाएको छ । यस्तै गोविन्द कोइरालाको नेतृत्वमा सहकारी विभाग गठन गरिएको छ।

 

Leave a Comment