काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता जीवन बहादुर शाही मुख्यमन्त्री बन्न लागेका छन् । शाहीले मुख्यमन्त्रीमा दाबी पेस गर्न चाहिने कागजी दस्तावेज तयार गर्ने काम भईरहेको कांग्रेस प्रदेशसभा दलका सचेतक हिमबहादुर शाहीले जानकारी दिए ।
‘सत्ता साझेदार दलहरुको सहभागितामा दावी पेस गर्नको लागि अहिले तयारी चलिरहेको छ,’ उनले भने, ‘अबको केही बेरमै दावी पेस गर्न जाने तयारीमा छौ ।’ कर्णालीमा प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले आज बेलुका साढे ७ बजेभित्र मुख्यमन्त्रीको लागि दावी पेश गर्न आह्वान गरेका छन् ।
माओवादीका महेन्द्रबहादुर शाहीले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि कांग्रेसका जीवन शाही नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् । सोही बमोजिम नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समर्थन उनलाई हुने छ । संभवतः मुख्यमन्त्रीको आजै सपथ हुन सक्ने सचेतक शाहीले जानकारी दिएका छन ।