काठमाडौं । सर्वाेच्च अदालतका न्यायाधीशरुले आज (मंगलबार) बन्दी प्रत्यक्षीकरणका रिटहरु समेत अस्विकार गरेका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएका न्यायाधीशरुको तीन सदस्यीय वार्ता टोलीले हिजो प्रधानन्याधीशसँग छलफल गर्नु भएको थियो ।
प्रधानन्यायाधीशले जबराले चैत्र मसान्तपछि राजीनामा दिने प्रस्ताव गर्नु भएको र उहाँले सम्मानजनक बहिर्गमनका लागि भनेर तीन विकल्प अघि सार्नुभएको सर्वाेच्चका एक न्यायाधीशले जानकारी दिनु भएको छ ।
तर ती प्रस्ताव मान्य नभएकाले आज न्यायाधीशहरुको सामूहिक छलफलबाट बन्दी प्रत्यक्षीकरणका रिट समेत बहिस्कार गरेको जनाएका छन् । उहाँहरुले प्रधानन्यायाधीश जबराले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने बताउनु भएको छ ।