सर्वाेच्च अदालतमा आज पनि बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्धामा सुनुवाई हुन सकेन

मुख्य खबर मङ्लबार कार्तिक १६, २०७८

काठमाडौं । सर्वाेच्च अदालतमा आज कुनै पनि मुद्दाको सुुनवाइ भएन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीशहरुले इजलास बहिष्कार जारी राख्दा प्रधानन्यायाधीशले तोकेको इजलासहरु बस्न नसकेका हुन् ।

प्रधानन्यायाधीशले आज जम्मा ६ वटा इजलास तोक्नु भएको थियो । सोमबार पनि बन्दीप्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको सुनुवाइ आज पनि स्थगनमा परेका थिए ।

आज न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलास, न्यायाधीशद्व मीरा खड्का र हरिकृष्ण कार्कीको संयुक्त इजलास, न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलास, न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलास, न्यायाधीश सुष्मालता माथेमाको एकल इजलास तोकिएको थियो ।

त्यस्तै न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासमा तोकिएको बन्दीप्रत्यक्षीकरण मुद्दाको कैफियत लेखे पनि मुद्दाको अवस्थाबारे सर्वोच्च अदालतको वेबसाइटमा केही उल्लेख गरिएको छैन ।

Leave a Comment