काठमाडौं । सर्वाेच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘सम्मानजनक बहिर्गमन’ रोेजेको भन्ने कुरा गलत भएको बताएको छ । विभिन्न अनलाईन समाचार माध्यमहरुमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘सम्मानजनक बहिर्गमन’ रोजेको र भन्ने समाचार आइरहेको बेला सर्वाेच्च अदालतले भने मिडियामा आएको कुरा गलत भएको दाबी गरेको छ ।
सर्वाेच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आइरहेका छन् । विभिन्न मिडियाहरुमा स्रोतको हबला दिदैं प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गन रोजेको र वार्ताका लागि तीन सदस्यीय न्यायाधीशहरुको वार्ता टोली बनेको भन्ने खबर बारे के हो भन्ने नेपाल एफ नेटवर्कको प्रश्नमा सर्वाेच्च अदालतका प्रवक्ता बाबुराम दाहालले त्यो गलत भएको जानकारी दिनु भएको छ ।
सर्वाेच्च अदालतका न्यायाधीशहरुले पेशी बहिस्कार गर्दा मुद्धाहरु प्रभावित बन्दै गइरहेका छन् । आज पनि प्रधानन्यायाधीशको एकल इजलास बाहेकका मुद्धामा सुनुवाई हुन नसकेको सर्वाेच्च अदालतले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएशनले आज (आइतबार) देखि आन्दोलन सुरु गरेको छ । पहिलो दिन आज कानुन व्यवसायीले बिहान एक घण्टा हातमा कालो पट्टी बाँधेर प्रदर्शन गरेका छन् । बारले प्रधानन्यायाधीश जबराले न्यायपालिकाको गरिमा कायम राख्न नसकेको भन्दै राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग राखेको छ । बारले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन ५ दिनको समयसीमा दिएको छ । आउँदो बुधवारसम्म कालो पट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम गर्ने र १६ गते बारको प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने बारको निर्णय छ ।
हाल सर्वाेच्च अदालतमा २८ हजार ६ सय ९१ थान मुद्धाहरु न्याय फर्किरहेको सर्वाेच्च अदालतका प्रवक्ता दाहाले बताउनु भएको छ ।