आगामी नोमेम्बरदेखी इ पासपोर्ट जारी हुने

उद्यम बिहिबार कार्तिक ११, २०७८

काठमाडौं । राहदानी विभागले आउँदो महिनादेखि ई–पासपोर्ट जारी गर्ने भएको छ । अहिले जारी भइरहेको एमआरपी पासपोर्टभन्दा सुरक्षित, प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरको ई–पासपोर्ट आउँदो नोभेम्बर १५ देखिे परीक्षणको रूपमा जारी गर्न भएको हो ।

विभागका निर्देशक तथा प्रवक्ता शरद राज अरनले अर्को महिनादेखि ई–पासपोर्ट जारी गर्ने तयारी भइरहेकाले अत्यावश्यक नभए तत्कालै पासपोर्ट नलिन आग्रह गर्नुभएको छ । उहाँका अनुसार अबको एक महिना भित्र राहदानी विभागबाट ई–पासपोर्ट जारी हुने र क्रमश जिल्ला प्रशासन कार्यालयबाट पनि ई–पासपोर्ट जारी हनेछ । ई–पासपोर्ट जारी भएपछि हाल जारी भइरहेको एमआरपी पासपोर्टलाई भने बिस्थापित गरिनेछ । चिप्स र विद्युतीय बारकोडसहित इ पासपोर्ट विश्वका १२० भन्दा बढी देशहरूले जारी गरिरहेका छन् ।

Leave a Comment