नेपाली कांग्रेस एक्लै चुनाव लड्नुपर्छ, कुनै पनि दलसँग गठबन्धन हुँदैन: नेतृ कोइराला

मुख्य खबर बिहिबार कार्तिक ११, २०७८

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आगामी आम निर्वाचनमा नेपाली कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नहुने बताउनु भएको छ । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले , “गठवन्धनका विषयमा कुरा नउठेको बताउनु भएको छ । कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ।” कांग्रेस ऐतिहासिक पार्टी भएकाले यस विषयमा छलफल गरेर मात्र निर्णय लिनुपर्ने उहाँको भनाइ रहेको छ ।

नेतृ कोइरालाले राजनीतिमा परिवारभन्दा पनि विचार कोसँग मिल्छ भन्ने कुरा ठूलो रहेको उल्लेख गर्दै आफ्नो उम्मेदवारीबारे समय आएपछि मात्र जानकारी दिने बताउनु भएको छ । महाधिवेशनमा आफ्नो उम्मेदवारी के हो भन्ने विषयमा उनले आफू छलफलमै रहेको समेत जानकारी गराउनु भएको छ ।

Leave a Comment