प्रधानन्यायाधीश जबराको पक्षमा माइतीघरमा प्रदर्शन

मुख्य खबर बिहिबार कार्तिक ११, २०७८

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ । इजलास बहिस्कार गरेका न्यायाधीशरुलाई काममा फर्कन अनुरोध गर्दै युवाहरुले प्लेकाार्ड सहित माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै इजसाल बहिस्कार गर्ने न्यायाधीशहरुलाई नियमित काममा फर्किन उनीहरुले माग गरेका छन् ।  उनीहरूले ‘हड्तालकारी न्यायाधीशलाई जनताले घिसारेर सडकमा लानैपर्छ’ भनेर मुख्य ब्यानर राखेका छन् । न्यायपालिकामाथिको हस्तक्षेप बन्द गर्न र गुटबन्दीको अन्त्य गर्न पनि प्रदर्शनकारीले माग गरेका छन् ।

Leave a Comment